सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य  पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज  पनि सोही मूल्यमा कारोबार भइरहेको  हो ।

२०८१ श्रावण ३१, बिहीबार १४:०४ प्रकाशित
ट्रेन्डिङ समाचार