सेयरबजारमा गिरावट


काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो ।

सो गिरावटपछि नेप्से २६५१ अंकमा कायम भएको छ । सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।

 

२०८१ श्रावण २२, मंगलवार १६:१५ प्रकाशित
ट्रेन्डिङ समाचार