सुन तोलाको डेढ लाख


काठमाडौँ । सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।

सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०८१ श्रावण २१, सोमबार ११:४१ प्रकाशित
ट्रेन्डिङ समाचार