काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
सार्वजनिक नीतिमा निजी क्षेत्रमा कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य उल्लेख छ ।
अब चेक बाउन्स हुँदा कालोसूचीमा नपरिने भएको छ। अब खातामा पर्याप्त नगद मौज्दात नभएको चेक काट्दा कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गरेको थियो।
राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सो व्यवस्था हटाउने उल्लेख गरेको छ।
‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।
२०८१ श्रावण ११, शुक्रबार २१:०२ प्रकाशित