काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजस्व छल्ने ७ जनाविरुद्ध साढे ३ करोड रुपैयाँ भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले प्रतिवादीहरू गणेशदत्त बडू, दिनेश खरेल, अमोल विठ्ठल विभूते, ऋषिकेश प्रकाश विभूते, भरतराज खरेल र आयुष बड्डु तथा कानुनको विवादमा परेका एक बालकसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
२०८१ श्रावण १०, बिहीबार १७:१५ प्रकाशित