बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ ।

नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढेको हो ।

निगमा अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रुपैयाँ बढेको छ । भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

२०८१ श्रावण १, मंगलवार १०:४२ प्रकाशित
ट्रेन्डिङ समाचार