मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीलाई सहभागी गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई भोट हालेकाले सो पार्टीलाई सरकारमा ल्याउने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नाउपालाई सरकारमा लान खोजिएको हो । माओवादी केन्द्रबाट मन्त्री बनेकालाई फिर्ता बोलाउने तयारी गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै सरकारमा पठाउने तयारी गरेको छ । श्रेष्ठ आफैंले पनि नाउपा सरकारमा सहभागी हुने पक्का भइसकेको जानकारी दिइन् ।

‘सरकारमा सहभागी हुने पक्का भइसक्यो,’ उनले लोकान्तरसँग भनिन्, ‘तर एक हप्तासम्म लाग्न सक्छ । मन्त्रालयको पनि टुंगो लागिसकेको छैन । तर हाम्रो पार्टीबाट म आफैं सरकारमा जाने तयारी भएको छ ।’यसैगरि सिके राउत नेतृत्वको जनमत पार्टी पनि अब छिटै सरकारमा आउने बताइएको छ ।

२०८१ जेष्ठ २१, सोमबार २३:२५ प्रकाशित
ट्रेन्डिङ समाचार