काठमाडौं । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपाल–भारत सीमा सुरक्षालाई आधुनिक र प्रभावकारी बनाउन एआई, ड्रोन तथा सीसीटीभी प्रविधि प्रयोग गर्ने योजना अघि सारेका छन्।
संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनामा उनले खुला सीमालाई कायम राख्दै मानव बेचबिखन, तस्करी, लागुऔषध कारोबार तथा नक्कली मुद्रा ओसारपसार नियन्त्रण गर्न चौबीसै घण्टा सूचना आदानप्रदान प्रणाली विकास गर्ने उल्लेख गरेका छन्।
पाण्डेले नेपाल–भारतबीच उच्चस्तरीय भ्रमण र वार्तालाई नियमित बनाउने, द्विपक्षीय समस्या समाधान गर्ने तथा पर्यटन, व्यापार, ऊर्जा र यातायात सम्पर्क विस्तारमा जोड दिने प्रतिबद्धता पनि जनाएका छन्। राष्ट्रिय हित र सार्वभौमसत्तालाई प्राथमिकतामा राखेर दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उनको योजना छ।
सम्बन्धित खबर







प्रतिक्रिया