ADVERTISEMENT

ओलीको चेतावनी– घेराबन्दीविरुद्ध प्रतिवादमा उत्रिन्छौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन्। उनले बलजफ्ती र दमन भए त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन्।

सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा पनि आफूहरूमाथि घेराबन्दी हुन सक्ने बताए।

उनले लोकतन्त्र, स्वाधीनता र स्वतन्त्रताको पुनःप्राप्तिका लागि संघर्ष आवश्यक रहेको उल्लेख गरे। निहत्था जनतालाई हतियार र संगठित शक्तिको बलमा दबाइए प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो।

ओलीले आगजनी र लुटपाटलाई आन्दोलन भन्न नमिल्ने बताउँदै ठूला र बलियाले कमजोरमाथि गर्ने बलजफ्तीको प्रतिवाद नै आन्दोलन भएको जिकिर गरे।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार