ADVERTISEMENT

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिँदै

काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ।

तपस्या, त्याग, संयम र ब्रह्मचर्यकी प्रतीक मानिने ब्रह्मचारिणी देवीको आराधनाले आत्मबल, धैर्य, ज्ञान र शान्ति प्राप्त हुने धार्मिक विश्वास छ। पौराणिक मान्यताअनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्।

देवी ब्रह्मचारिणीको दाहिने हातमा जपमाला र बायाँ हातमा कमण्डलु रहेको स्वरूपको पूजा गरिन्छ। आजका दिन देवीलाई फूल, अक्षता, चन्दन, फलफूल तथा सख्खर चढाएर पूजाआराधना गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवीको पूजा गर्नाले दुःख, कष्ट र अनिष्टबाट मुक्ति मिल्नुका साथै सुख, समृद्धि र दाम्पत्य जीवनमा सुख प्राप्त हुन्छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार