ADVERTISEMENT

विद्यार्थीमाथिको दमनविरुद्ध अखिल क्रान्तिकारीको विरोध

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भारतमा विद्यार्थी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमनप्रति विरोध जनाएको छ।

अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका विद्यार्थीलाई कानुनी आधारबिना हिरासतमा नराख्न, घाइतेलाई उपचारको व्यवस्था गर्न र विद्यार्थीका माग संवादमार्फत सम्बोधन गर्न भारत सरकारसँग माग गरेका छन्।

शान्तिपूर्ण प्रदर्शन र आफ्ना अधिकारका पक्षमा आवाज उठाउनु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै अखिल क्रान्तिकारीले विद्यार्थी आन्दोलनमाथिको दमन रोक्न आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार