ADVERTISEMENT

बूढीगण्डकीको बाढीले टाइम्स इनर्जीका भवन बगायो, १८ कर्मचारी सुरक्षित

काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकीको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

स्थानीयबाट बाढी आउन लागेको सूचना पाएपछि आयोजनामा कार्यरत १८ जना कर्मचारी सुरक्षित स्थानमा पुगेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको छ।

यसैबीच, नेपाली सेनाको हवाई टोलीले जगत क्षेत्रबाट ६ जनालाई उद्धार गरिसकेको जनाएको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार