काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदी थुनिएर आइतबार बिहान आएको लेदोसहितको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले करिब ४० घर र दुईवटा पक्की पुल बगाएको प्रारम्भिक विवरण छ।
बाढी गोरखाको उत्तरी क्षेत्र हुँदै धादिङसम्म फैलिएको थियो। नेपाली सेनाका अनुसार बिहान ५ः५५ बजे बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएपछि सुरक्षा टोली परिचालन गरिएको थियो।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको थियो। बिहान ८ः३५ बजे चुमनुब्री–३ को जगतबाट ६ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
बाढी बिहान ८ बजे गोरखाको आरुघाट र ९ः३० बजे धादिङको सल्यानटार पुगेको थियो। त्यसपछि बेनीघाट क्षेत्रमा पनि बाढी पुगेको विवरण छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ।
सम्बन्धित खबर







प्रतिक्रिया