ADVERTISEMENT

गोरखाको बूढीगण्डकीमा भीषण बाढी, पुल बगायो, चार जना बेपत्ता

गोरखा । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। बाढीले आरुघाटस्थित गोरखा–धादिङ जोड्ने पुलसहित अन्य झोलुङ्गे तथा पक्की पुलहरू बगाएको छ।

बाढीको कारण पुष्टि नभए पनि उत्तरी क्षेत्रमा सुक्खा पहिरो वा हिमपहिरोका कारण नदी थुनिएर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। बाढीका कारण उङगिलुङ खोला किनार क्षेत्रबाट चार जना सम्पर्कविहीन भएका छन्।

उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ। बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार