ADVERTISEMENT

सत्ता, शक्ति र पैसाले राजनीति महँगो बनायो : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीतिमा सत्ता, शक्ति र पैसाको प्रभाव बढ्दै जाँदा निर्वाचन महँगो बन्दै गएको बताएका छन्।

शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा देउवा समूहद्वारा गठित ‘१५औँ महाधिवेशन आयोजक समिति’को क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले राजनीतिमा मूल्य–मान्यता र विधि–पद्धतिलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले राजनीति सत्ता भोगका लागि नभई जनताको सेवाका लागि हुनुपर्ने उल्लेख गर्दै सत्ताको दुरुपयोग गर्नेहरू राजनीतिमा आउन नहुने धारणा राखे। साथै, आफूले विश्वास गरेको सत्यमा अडिग रहन र त्यसका लागि आउने मूल्य चुकाउन तयार हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार