ADVERTISEMENT

राष्ट्र बैङ्कले सार्वजनिक गर्‍यो विदेशी मुद्राको नयाँ विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यस्तै, युरोको बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा र पाउन्ड स्टर्लिङको २०५ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलरको बिक्रीदर १०८ रुपैयाँ २५ पैसा तथा साउदी रियालको ४१ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

यस्तै, कुवेती दिनारको बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा र बहराइन दिनारको ४१० रुपैयाँ ७० पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कले विनिमयदर आवश्यकताअनुसार संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कको विनिमयदर भने फरक हुन सक्नेछ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार