काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क नबढेको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकलाई कारबाही गर्ने जनाएको छ।
प्राधिकरणले इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्ताव नआएको र शुल्क बढाउन स्वीकृति पनि नदिएको जनाएको हो।
प्राधिकरणका अनुसार पूर्वस्वीकृतिबिना शुल्क बढाउन वा स्वीकृत दरभन्दा बढी शुल्क लिन पाइने छैन। उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गरेको पाइएमा दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिनेछ।
त्यस्तै, सेवा प्रदायकले बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्न उपभोक्तालाई आग्रह गरिएको छ।
सम्बन्धित खबर








प्रतिक्रिया