गोरखा । बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज निर्माणको तयारी थालिएको छ।
बेलिब्रिजका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले जानकारी दिए। सामग्री आइपुगेपछि तत्काल निर्माण कार्य सुरु गरिने उनले बताए।
बेलिब्रिज निर्माणका लागि नेपाली सेनाको टोली फिल्डमा खटिइसकेको छ। रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार निर्माणका लागि रेक्की टोली परिचालन भइसकेको छ। सामग्री आइपुगेपछि काम अघि बढाइनेछ।
सम्बन्धित खबर








प्रतिक्रिया