नुवाकोट । बाढीले बेत्रावतीस्थित फलाखु खोलाका दुईवटै मोटरेबल पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट यातायात सेवा ४७ दिनपछि पुनः सञ्चालनमा आएको छ।
नेपाली सेनाले बाढीले पुल बगाएको स्थानमा दुई सातामै बेलिब्रिज निर्माण गरेपछि यातायात सञ्चालन सम्भव भएको हो। नयाँ पुलले रसुवाको उत्तरगया गाउँपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१० लाई जोडेको छ।
लामो समय यातायात अवरुद्ध हुँदा स्थानीयवासी, यात्रु तथा बाढी प्रभावितले सास्ती भोग्दै आएका थिए। यातायात सम्पर्क विच्छेदका कारण उद्धार, राहत वितरण र दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत कठिनाइ भएको थियो।
चाडपर्वको मुखमा पुल सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। पुल सञ्चालनसँगै रसुवा र नुवाकोटबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर








प्रतिक्रिया