ADVERTISEMENT

सुर्खेतमा लुकाइएका १८ नाल भरुवा बन्दुक फेला

सुर्खेत । सुर्खेतका विभिन्न जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

प्रहरीले चौकुने गाउँपालिकाका दुई स्थान र बराहताल गाउँपालिकाको एक स्थानबाट ती बन्दुक बरामद गरेको हो। चौकुने–१ को धामिसेन जंगलबाट १२ नाल, चौकुने–७ को सान्नेघारी जंगलबाट पाँच नाल र बराहताल–१ को ज्यामिरे जंगलबाट एक नाल बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा खोजतलास गर्दा बन्दुक बरामद भएका हुन्। ती हतियार कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार