काठमाडौँ । जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा दायित्व फरफारकका लागि सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न सूचना जारी गरेको छ।
कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि बक्यौता र दायित्व फरफारक प्रक्रिया अघि बढाउन सूचना जारी गरिएको हो।
कारखानाले ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई बाँकी हिसाबकिताब, जग्गा रोक्का, बिमा, कर्मचारी सेवा सुविधा तथा अन्य दायित्वसम्बन्धी दाबी भए तोकिएको समयभित्र सम्पर्क गर्न आग्रह गरेको छ।
निर्धारित म्यादभित्र दाबी पेस नभए प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने कारखानाले जनाएको छ। सरोकारवालाले धनुषास्थित कारखानाको कार्यालय, ९८४५१०५००८ नम्बरको फोन वा सूचनामा उल्लेखित इमेलमार्फत सम्पर्क गर्न सक्नेछन्।

सम्बन्धित खबर








प्रतिक्रिया