ADVERTISEMENT

५४ करोडको सुनसहित पक्राउ परेका तीन चिनियाँ भन्सारमा

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५० ग्रामभन्दा बढी सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।

सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।

प्रहरीले २२ असोजमा माथिल्लो भंगालस्थित एक घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का र लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो। उक्त सुनको बजार मूल्य ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ।

पक्राउ पर्नेमा २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन छन्। उनीहरूले घर भाडामा लिएर सुनको कारखाना सञ्चालन गरेको आरोप छ।

सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने प्रहरीको आशंका छ। घटनाको थप अनुसन्धान गर्दै सुन तस्करीमा संलग्न सम्भावित सञ्जालको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार