काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ। खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता लिएका छन् भने महिलातर्फ प्रतिमा गौतम अगाडि छन्।
निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काका अनुसार सहमहामन्त्रीको अन्तिम मतपरिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिनेछ। यसैगरी, जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी भइरहेको समितिले जनाएको छ।
सम्बन्धित खबर








प्रतिक्रिया