ADVERTISEMENT

प्रहरीलाई प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी बनाउन आईजीपीको जोड

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउनुपर्ने बताएका छन् ।

सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा बोल्दै उनले साइबर अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता चुनौती सामना गर्न आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को विवेकपूर्ण प्रयोगमा जोड दिए ।

उनले प्रहरी कर्मचारीलाई कुनै पनि बाह्य प्रभाव र अनुचित दबाबमा नपरी निष्पक्ष रूपमा कानुन कार्यान्वयन गर्न निर्देशन दिए । साथै, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित घटनामा संवेदनशीलता र पीडितकेन्द्रित दृष्टिकोण अपनाउनुपर्ने बताए ।

कार्कीले प्रहरीको वास्तविक शक्ति कानुनी अधिकारमा मात्र नभई नागरिकको विश्वासमा समेत निर्भर रहने उल्लेख गर्दै प्रहरीको व्यवहार निष्पक्ष, सम्मानजनक र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार