काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंकले बढेर २ हजार ५९५ अंकमा पुगेको छ। बजार बढे पनि कारोबार रकम भने घटेको छ।
आज ४ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको थियो। सोमबार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।
समूहगत रूपमा बैंकिङ सूचक १.०१ प्रतिशत र व्यापार समूह १.०२ प्रतिशतले बढेका छन्। विकास बैंक, जीवन बीमा र फाइनान्स समूहमा समेत सामान्य वृद्धि देखिएको छ। यता होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह घटेका छन्।
आज धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। स्नो रिभर्सको १३.९२ प्रतिशतले वृद्धि हुँदा रिजलाइन इनर्जीको मूल्य सर्वाधिक ६.२९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर र साहस ऊर्जा अगाडि रहेका छन्।




प्रतिक्रिया