काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। अन्य पदाधिकारीको मतगणना भने आज दिउँसोदेखि सुरु गर्ने तयारी गरिएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारलाई आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। छलफलपछि मात्रै मतगणना सुरु गरिनेछ।
सभापति पदको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन्। कुल ५४ मत बदर भएको थियो।
महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।
सम्बन्धित खबर







प्रतिक्रिया