१ लाख घुससहित पक्राउ परेका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताउनुभयो ।

कल्याणपुर नगरपालिका वडा नम्बर ६ मा नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा मेयर साहले सेवाग्राहीसँग बिचौलियामार्फत घुस माग गरेका विज्ञप्तिमा उल्लेख छ । अख्तियारले साहसँग घुस रकम बराबरकै बिगो मागदाबी गरेको छ ।

२०८२ श्रावण २३, शुक्रबार २०:२६ प्रकाशित
ट्रेन्डिङ समाचार