प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई गर्ने भनिएको सम्बोधन रोकिएको छ ।

नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकमा हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नाेत्तर भने यथावत् रहेको उहाँले जानकारी दिनुभयो ।

२०८२ श्रावण ७, बुधबार १३:३९ प्रकाशित
ट्रेन्डिङ समाचार