नेपालमा विद्युत् उत्पादन क्षमता साढे ३ हजार मेगावाट नाघ्याे


काठमाडौं । नेपालमा कुल विद्युत उत्पादन क्षमता साढे ३ हजार मेगावाट नाघेको छ । प्रतिनिधिसभाको  बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा अहिलेसम्म कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको जानकारी गराउनुभएको हो ।

मन्त्री खड्काले नेपालमा जलविद्युत‍्काे कुल सम्भाव्यता झन्डै ८३ हजार मेगावाट रहेको र त्यसमध्ये ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपले उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको बताउनुभयो ।

विद्युत् उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र ऊर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास भइरहेकाे उहाँले जानकारी दिनुभयो ।

२०८२ असार ३१, मंगलवार ०५:४५ प्रकाशित
ट्रेन्डिङ समाचार