पूर्व राष्ट्रपति भण्डारीबाट आजैबाट सरकारी सेवा सुविधा फिर्ता


काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको लागि निवेदन दिएकी छन् । उनले आजै (बुधबार)कै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् ।

भण्डारी निकट स्रोतका अनुसार उनी सक्रिय राजनीतिमा फर्किएकी अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा प्रश्न उठ्ने भएकाले उनले सेवा सुविधा त्याग्ने निर्णय गरेकी हुन्।

भण्डारीले यही असार १४ गते स्व. मदन भण्डारीको ७४औं जन्मोत्सवमा अवसरमा आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत लिएकी छैनन् ।

 

प्रतिक्रिया

ट्रेन्डिङ समाचार