ADVERTISEMENT

केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा हुन सक्नेछ। यस्तै, राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम सफा रहने अनुमान गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार