लोकसेवा टिप्स :विषयगत सामग्री


काठमाडौं

  • बैंकले चेक भुक्तानी गर्न नसक्ने अवस्थाहरु के के हुन् ? चेक भुक्तानीका पुर्वशर्तहरु उल्लेख गर्दै चेकका प्रकारहरु उल्लेख गर्नुहोस् ।

पृष्ठभूमि

  • चेक अत्यन्त प्रचलित साखपत्र हो ।
  • बैंकिङ प्रणालीमा सबैभन्दा बढी प्रयोगमा आउने विनिमय साध्यपत्र पनि चेक नै हो ।
  • चेक त्यस्तो विनिमयपत्र हो जुन कुनै बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ Payable पनि हुन्छ ।
  • नेपाल विनिमय अधिकारपत्र ऐन २०३४ को दफा २ (ज) ले “चेक भन्नाले माग्नासाथ भुक्तानी दिन भनी कुनै बैंकमाथि खिचिएको विनिमयपत्र” भनी चेकको परिभाषित गरेको छ ।
  • लेखक ए. एन.अग्रवालका अनुसार “आदेश दिएको व्यक्ति वा उपकरण (चेक) को बाहकलाई मात्र माग गरिएको समयमा निश्चित रकम भुक्तानी दिनु भनी तोकिएको बैंकलाई जारीकर्ताले हस्ताक्षर गरि तोकिएको बैंकलाई दिने शर्तरहित आदेश चेक हो ।”

चेक भुक्तानी गर्न नसक्ने अवस्थाहरु

  • खातामा पर्याप्त मौज्दात नभएमा
  • सही मिति उल्लेख नभएको देखिएमा
  • खाता नम्बर सही नं नभएमा
  • अङ्क र अक्षरमा लेखेको रकम नमिलेमा
  • नमुना हस्ताक्षरसँग चेकको हस्ताक्षर नमिलेमा
  • बैंकको नियमअनुसार निश्चित अवधिभन्दा पछि चेक बैंकमा प्रस्तुत गरिएमा
  • चेकमा दोहोऱ्याएर वा काटेर लेखिएको तर यसको अगाडि र पछाडि खातावालाको पूरा हस्ताक्षर नभएमा
  • यदि रकम लिन आउने व्यक्तिमाथि बैंकका कुनै कर्मचारीलाई शङ्का लागेमा
  • अदालतले खाता सञ्चालनमा रोक लगाएको भएमा
  • यदि बैंकमा रहेको रकमभन्दा बढीको चेक काटिएको भएमा
  • यदि नियामक निकायबाट खाता सञ्चालनमा रोक लगाएको भएमा

चेक भुक्तानीका पुर्वशर्तहरु

  • चेक खिच्ने व्यक्ति वा संस्थाको सम्बन्धित बैंकमा खाता खोलिएको हुनुपर्ने
  • चेकमा भुक्तानको रकम अङ्क र अक्षर दुवैमा स्पष्ट रूपले लेख्नुपर्ने
  • चेकमा उल्लेख भएको रकम खाम्ने गरी खातामा रकम जम्मा भएको हुनुपर्ने
  • चेक लेख्ने व्यक्तिले बैंकमा दिएको नमुना बमोजिमको हस्ताक्षर गर्नुपर्ने
  • चेक काटेको मिति स्पष्टसँग उल्लेख गर्नुपर्ने
  • भुक्तानी प्राप्त गर्ने व्यक्तिले चेकका पछाडि आफ्नो हस्ताक्षर गर्नुपर्ने
  • केरमेट भएको ठाउँमा हस्ताक्षर (सही) गरिनुपर्ने

चेकका प्रकारहरु

  • वाहक चेक
  • वाहक अर्थात् चेक लिई आउने व्यक्तिलाई नै भुक्तानी दिन सकिने भएकाले यसलाई वाहक चेक भनिएको हो ।
  • चेक बैंकमा प्रस्तुत गरेपछि वाहकलाई बैंकले नगद उपलब्ध गराउँछ ।
  • यस्तो चेकमा सुरक्षाको मात्रा न्यून रहेको हुन्छ ।
  • आदेशित चेक
  • जुन चेकमा ‘आदेश’ (Order) शब्द लेखिएको हुन्छ र निश्चित व्यक्ति वा निजबाट अख्तियारी प्राप्त व्यक्तिलाई मात्र भुक्तानी दिनू भन्ने उल्लेख हुन्छ, त्यसलाई आदेशित चेक भनिन्छ ।
  • यस्तो चेकको भुक्तान रकम पाउने व्यक्तिले चेकका पछाडिपट्टि दस्तखत गरेपछि मात्र बैंकले निजलाई भुक्तानी दिन्छ ।
  • वाहक चेकका तुलनामा यो बढी सुरक्षित हुन्छ ।
  • रेखाङ्कित चेक
  • जसका अग्र भागमा मुख पृष्ठमै दुईवटा छड्के धर्काहरू कोरिएको हुन्छ त्यसलाई रेखाङ्कित चेक भनिन्छ ।
  • यी दुईवटा धर्काबिच ‘र कम्पनी’ (&.co) लेखिएको हुन्छ ।
  • यस्ता रेखाहरू सम्भावित जोखिम र त्रुटिहरूबाट बच्नका लागि खिचिएका हुन्छन् ।
  • बैंकमा खाता हुने व्यक्ति वा उसमार्फतको व्यक्तिले मात्र रेखाङ्कित चेकको रकम प्राप्त गर्दछ ।
  • यो चेक बढी सुरक्षित मानिन्छ ।

रेखाङ्कित चेक निम्नानुसार तीन प्रकारको हुन्छ :

  • साधारण रेखाङ्कित चेक
  • चेकको माथिल्लो’ देब्रे कुनामा दुई समानान्तर रेखा खिची सो भित्र ‘र कम्पनी’ (& co.) अथवा ‘विनिमय गर्न नसकिने’ भन्ने शब्द लेखिएको वा नलेखिएको चेकलाई साधारण रेखाङ्कित चेक भनिन्छ ।
  • विशेष रेखाङ्कित चेक
  • उक्त दुई समानान्तर रेखाहरूका बिचमा बैंकको नाम (Banks) लेखिएको भए त्यसमा विनिमय गर्न नसकिने भन्ने लेखिएको वा नलेखिएको जे भए तापनि त्यस्तो चेकलाई विशेष रेखाङ्कित चेक भनिन्छ ।
  • यसको भुक्तानी भने चेकमा उल्लेख भएको बैंकबाट मात्र हुन्छ
  • खाता दाखिला चेक
  • रेखाहरूबिच ‘खाता- दाखिला मात्र’ भन्ने शब्द लेखिएको चेकलाई खाता दाखिला रेखाङ्कित चेक भनिन्छ ।
  • यस्तो चेकको भुक्तानी केवल भुक्तानी पाउने व्यक्तिका खातामा जम्मा भएपछि मात्र नियमानुसार दिइन्छ ।
  • यदि व्यक्तिको सम्बन्धित बैंकमा खाता नभएको भए खाता खोल्नुपर्दछ ।

निष्कर्ष

चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक सङ्गठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो । यस्तो निर्देशन राष्ट्र बैंक ऐन अनुसार तोकिएको ढाँचामा सम्बन्धित बैंकले बनाएको कागजी प्रतिमा हुनु पर्दछ ।

२०८१ फाल्गुन १०, शनिबार २२:५९ प्रकाशित
ट्रेन्डिङ समाचार