काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाएपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । बिहीबार चीनको भ्रमण सकेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने ओलीको भनाइ छ ।
आज चीन भ्रमणबाट फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले प्रधानमन्त्रीको कार्यकाल कति लम्बियो भनेर सोधेका थिए । सो प्रश्नको जवाफ दिने क्रममा ओलीले १८ महिना आफूले सरकार चलाउने बताउँदै भने, ‘त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ ।’
२०८१ मंसिर २०, बिहीबार १६:५१ प्रकाशित


