काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा आफ्नो कार्यकक्ष राखेका छन् । मन्त्रालय र प्राधिकरणबीच असमझदारी बढिरहेका बेला मन्त्री खड्काले सिंहदरबारका साथै प्राधिकरणमा पनि आफ्नो कार्यकक्ष राखेका हुन् ।
जसका कारण दुई पक्षबीच असमझदारीको दूरी बढिरहेको छ ।
मन्त्री खड्काले कार्यकक्ष निर्माणलाई आवश्यकता भएको दाबी गरे पनि यो कदमलाई प्राधिकरण तथा मन्त्रालयकै कतिपय कर्मचारीहरूले अस्वाभाविक र हस्तक्षेपकारी कदमका रूपमा लिएका छन् ।
मन्त्री खड्काले कार्यकक्ष निर्माण गरेर उद्घाटन गर्दै गर्दा घिसिङ काठमाडौँबाहिर रहेका थिए, जसले थप विवाद जन्माएको छ । प्राधिकरणमा कर्मचारीसँग छलफल गर्न सहजताका लागि प्राधिकरणमै कार्यकक्ष स्थापना गरिएको मन्त्री खड्काले बताए ।
२०८१ मंसिर २०, बिहीबार १०:५७ प्रकाशित


