काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
बुधबार बिहान करिब साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का रोमबहादुर योञ्जन, मिना माया तामाङ, दुर्गाबहादुर योञ्जन, धनबहादुर योञ्जन, प्रेम योञ्जन, दिनेश योञ्जन, अनिल योञ्जन र टेकबहादुर थिङ घाइते भएका छन्।
घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। जिप चालक बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया