काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भएको सम्बोधनले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको बताएका छन्।
महासभामा सहभागी भएर स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शाहको सम्बोधनपछि विदेशी प्रतिनिधि तथा कूटनीतिज्ञहरूले सकारात्मक प्रतिक्रिया दिएको बताए।
उनका अनुसार प्रधानमन्त्री शाहले विश्व मञ्चमा उठाएका विषयप्रति अन्तर्राष्ट्रिय समुदायले चासो र ऐक्यबद्धता जनाएको छ। साथै, भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा जलवायु संकटसँग जुध्न नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक देखिएको मन्त्री खनालले बताए।
सम्बन्धित खबर

प्रतिक्रिया