ADVERTISEMENT

आभा श्रेष्ठ कर्ण सचिवमा बढुवा


काठमाडौं । सरकारले वरिष्ठ सहसचिव आभा श्रेष्ठ कर्णलाई प्रशासन सेवातर्फको सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ रिक्त रहेको एक सचिव पदमा श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको हो।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा  रहने  सचिव बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सचिवका लागि सिफारिस गरेको थियो।

समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकी श्रेष्ठलाई मन्त्रिपरिषद्ले सचिवमा बढुवा गरेको हो।श्रेष्ठलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार