ADVERTISEMENT

गृह मन्त्रालयद्वारा १०० कर्मचारीको सरुवा


काठमाडौं । गृह मन्त्रालयले १२ असोजमा एकैपटक १०० जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा अधिकांश नायब सुब्बा वा सोसरहका कर्मचारी छन्।

मन्त्रालयका अनुसार अधिकांश कर्मचारीको सरुवा एउटै जिल्लाभित्र गरिएको छ। सरुवामा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय र अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन्।

मन्त्रालयले सरुवा भएका कर्मचारीको साविकको कार्यालय र नयाँ पदस्थापन भएको कार्यालयसहितको विवरण सार्वजनिक गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार