काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज चार संसदीय समितिको बैठक बस्दैछ।
बिहान ८ः३० बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउने विषयमा धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणबारे सम्बन्धित निकाय तथा संघसंस्थासँग छलफल हुनेछ।
त्यस्तै, बिहान ९ः३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवाको मानवअधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिमा संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलनका विषयमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीबारे छलफल हुनेछ।
सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिक्रिया