ADVERTISEMENT

नेप्से ९.६२ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो


काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ९.६२ अंक घटेर २ हजार ६०३.७१ विन्दुमा झरेको छ। सोमबार नेप्से १६.४७ अंक घटेको थियो।

मंगलबार ३६३ वटा कम्पनीको १ करोड १० लाख ६९ हजार कित्ता सेयर ५१ हजार २७४ पटक कारोबार हुँदा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा करिब ७३ करोड रुपैयाँ कम हो।

१३ उपसमूहमध्ये ११ वटाको सूचक घट्दा निर्जीवन बीमा र अन्य उपसमूह मात्रै बढेका छन्। व्यापार उपसमूह १.८७ प्रतिशत घट्दै सबैभन्दा बढी दबाबमा परेको छ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। कम्पनीको करिब २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, शिवम् सिमेन्ट्स र सिद्धार्थ बैंकको पनि उच्च कारोबार भएको छ।

लगातार दुई कारोबार दिन बजार घटेसँगै नेप्से २ हजार ६०० विन्दुको आसपास आइपुगेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार