ADVERTISEMENT

इसेवाबाट विद्युतीय स्कुटरमा ‘बाइ नाउ, पे लेटर’ सेवा


काठमाडौं । इसेवाले नेपालमा पहिलोपटक विद्युतीय स्कुटर खरिदका लागि ‘बाइ नाउ, पे लेटर’ (BNPL) सेवा सार्वजनिक गरेको छ। यस सेवामार्फत ग्राहकले इसेवा एपबाटै ग्यारो ब्रान्डका विद्युतीय स्कुटर खरिदका लागि डिजिटल कर्जा लिन सक्नेछन्।

यसका लागि इसेवा, रिलायन्स फाइनान्स लिमिटेड र परिमिता इन्भेष्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको छ। साझेदारीअनुसार रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ।

रिलायन्स फाइनान्सले ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्म डिजिटल कर्जा उपलब्ध गराउनेछ। ग्राहकले उक्त कर्जा अधिकतम ३६ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन्।

इसेवाका अनुसार डिजिटल प्रक्रियामार्फत स्कुटर खरिद र वित्तीय सुविधा लिन सकिने भएकाले ग्राहकलाई ठूलो रकम एकैपटक भुक्तानी गर्नुपर्ने बाध्यता कम हुनेछ। साथै, विद्युतीय स्कुटरको प्रयोगलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायात र डिजिटल वित्तीय सेवाको विस्तारमा समेत यस साझेदारीले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार