ADVERTISEMENT

स्लोभाकियाको अर्थतन्त्र २०२६ मा ०.८% बढ्ने प्रक्षेपण


काठमाडौं ।  स्लोभाकियाको अर्थतन्त्र सन् २०२६ मा ०.८ प्रतिशत र सन् २०२७ मा १.८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। स्लोभाकियाको अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रक्षेपणमा यस्तो अनुमान गरिएको हो।

अन्तर्राष्ट्रिय व्यापार तनाव, ऊर्जा संकट, अमेरिकी कर नीति र युरोपेली संघमा घट्दो प्रतिस्पर्धात्मकताजस्ता चुनौतीका बाबजुद घरायसी उपभोग र निर्यातमा सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। भोल्भोको कार कारखानामा उत्पादन विस्तारले पनि अर्थतन्त्रलाई थप टेवा दिने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार मुद्रास्फीति सन् २०२६ को ३.७ प्रतिशतबाट घटेर २०२७ मा २.९ प्रतिशतमा झर्ने अनुमान छ। ऊर्जा सहायता कार्यक्रमको निरन्तरताले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ।

यसैगरी, वास्तविक आम्दानीमा पनि सुधार आउने अपेक्षा गरिएको छ। औसत नाममात्रको तलब ४.५ प्रतिशतले बढ्ने र मुद्रास्फीतिको प्रभाव समायोजन गर्दा वास्तविक तलब १.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

यता, आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले सन् २०२७ मा युरो क्षेत्रको आर्थिक वृद्धिदरको अनुमान १.२ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झारेको छ। फ्रान्स र जर्मनीको आर्थिक वृद्धि क्रमशः ०.७ प्रतिशत र १.१ प्रतिशत रहने अनुमान गरिएको छ।

स्लोभाकियाको वित्तीय नीति संस्थानले आर्थिक प्रक्षेपणका जोखिम सामान्यतः सन्तुलित रहेको जनाएको छ। ऊर्जा मूल्य उच्च रहनु, सैन्य द्वन्द्व र व्यापार अवरोधसम्बन्धी अनिश्चितताले निर्यात तथा आर्थिक वृद्धिमा असर पार्न सक्ने चेतावनी पनि दिइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार