देश आर्थिक सुधारको मार्गमा हिँड्न सफल भएको छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले देश आर्थिक सुधारको मार्गमा हिँड्न सफल भएको बताएका छन् ।

तनहुँको भानु नगरपालिका–१ भन्सारस्थित नयाँ शहर आयोजनाको भवनको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले सरकार लगानीमैत्री वातावरण सिर्जना गरी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न निजी क्षेत्रको भूमिकालाई सबल बनाउन लागि परेको बताए ।

सिंहले भने, ‘सररकार छिनछिनमा परिवर्तन नहुने अवस्था भएकाले लगानी मैत्री वातावरण बनेकोले देश समृद्धिको पथमा लागेको छ ।’

२०८१ मंसिर १५, शनिबार १२:४८ प्रकाशित
ट्रेन्डिङ समाचार