रवि लामिछानेमाथि अनुसन्धान गर्न थप १५ दिन म्याद थप


काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ।

भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न सो समयावधि दिएको हो ।

पछिल्लो पटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौँबाट पक्राउ परेका थिए ।

२०८१ मंसिर ९, आईतवार १५:५८ प्रकाशित
ट्रेन्डिङ समाचार