सुनचाँदीको मूल्यवृद्धि


आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १७ सयले बढेर एक लाख ६७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ६५ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १९६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

२०८१ मंसिर ९, आईतवार १२:०४ प्रकाशित
ट्रेन्डिङ समाचार