मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्छ:उपप्रधानमन्त्री सिंह


काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी नि:शुल्क चिकित्सालयमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने।

कार्यक्रममा काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरिएको छ। उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकोमा आभार व्यक्त गरे।

२०८१ मंसिर ८, शनिबार १५:०५ प्रकाशित
ट्रेन्डिङ समाचार