काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा कायम भएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०० रुपैयाँ ४० पैसा, क्यानेडियन डलरको १०४ रुपैयाँ २२ पैसा, युरोपियन युरोको १६३ रुपैयाँ ७५ पैसा र बेलायती पाउन्डको १९६ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा हेर्न सकिनेछ।
सम्बन्धित खबर




प्रतिक्रिया