ADVERTISEMENT

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : ३ जनाको मृत्यु, ७ जना घाइते

मकवानपुर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

आज मंसिर ३ गते बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो।

सुमोमा चालकसहित १० जना सवार रहेकोमा सात जना घाइते भएका छन्। दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिएका छन्।

घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार