ADVERTISEMENT

राष्ट्र बैंकद्वारा ७ खर्ब ६५ अर्बका पुराना नोट नष्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा चलनचल्तीका लागि अयोग्य भएका ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना नोट नष्ट गरेको छ।

बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलन गरिएका झुत्रा, मैला तथा च्यातिएका नोटलाई निर्धारित प्रक्रियाअनुसार धुल्याएर ब्रिकेट बनाइएको राष्ट्र बैंकले जनाएको छ।

यसैबीच, मुलुकमा चलनचल्तीमा रहेका नोटको परिमाण ६.०८ प्रतिशतले बढेर ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म यस्तो रकम ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकले पुराना तथा प्रयोग गर्न अयोग्य नोट नष्ट गर्नु नियमित मुद्रा व्यवस्थापन प्रक्रिया भएको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार