ADVERTISEMENT

५३ करोड जरिवाना र २ वर्ष कैद सजाय तोकिएका श्रीवास्तव पक्राउ

काठमाडौं । राजस्व चुहावट मुद्दामा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी रामचन्द्र श्रीवास्तव पक्राउ परेका छन्।

भारतको उत्तर प्रदेशस्थित गोरखपुरका स्थायी बासिन्दा श्रीवास्तवलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्सा प्रहरीको सहयोगमा वीरगञ्ज महानगरपालिका–१६, नगवाबाट पक्राउ गरेको हो।

उच्च अदालत पाटनले राजस्व चुहावट मुद्दामा उनलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना हुने फैसला सुनाएको थियो।

पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार